ब्रेकिङ स्टोरी

रवीन्द्र मिश्रलाई एमालेका पौडेलले उछिने, प्रकाशमानको अग्रता कायमै

By खबरहब

November 21, 2022

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।

हालसम्मको परिणामअनुसार सिंहले १११८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उछिनेका छन्। पौडेलले एक हजार १९ मत पाउँदा मिश्र ८९६ मै रोकिएका छन् ।