राजनीति

सप्तरीको क्षेत्र नं १ र २ मा मतगणना सुरु

By खबरहब

November 21, 2022

सप्तरी– सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको बताए । 

यस्तै सप्तरीको कञ्चनरूप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारहरूले ढिला गरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताए । 

क्षेत्र नम्बर ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उनको भनाइ छ । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो ।