ब्रेकिङ स्टोरी

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमा दोस्रो स्थानमा

By खबरहब

November 21, 2022

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा १०२७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ८६९  मतसहित तेस्रो स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले पच्छ्याउदै आएका छन् । उनी ११२५ मतसहित अग्रस्थानमा छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका निरव लवजूले अहिलृसम्म ६२ मत प्राप्त गरेका छन्