ब्रेकिङ स्टोरी

सप्तरी-१ मा कांग्रेसको अग्रता

By खबरहब

November 21, 2022

राजविराज– सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगणनामा लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन् ।

उनलाई एमाले-जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त गरेका छन् ।