ब्रेकिङ स्टोरी

विष्णु पौडेललाई पछि पार्दै घण्टीको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ : देशभर नयाँ लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीमा पनि अग्रता लिएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका हुन् ।

३०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका उपाध्यक्ष पौडेलले ८६ मत ल्याएका छन् ।

यस्तै सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले ७८ मत पाएका छन् । रुपन्देहीमा पनि स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हले राम्रै चर्चा पाएको छ ।