राजनीति

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

By खबरहब

November 21, 2022

चितवन– चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको (क) केन्द्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

 एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।