ब्रेकिङ स्टोरी

सप्तरी-२ मा सीके राउतको अग्रता कायमै

By खबरहब

November 21, 2022

सप्तरी– सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार सिके राउतले ३५०१ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १४८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले भने ७८० मत पाएका छन् ।