ब्रेकिङ स्टोरी

डडेल्धुरामा प्रधानमन्त्री देउवाको शुरुवाती अग्रता

By खबरहब

November 21, 2022

डडेल्धुरा– डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् ।

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस  (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।