फाइल फोटो

ब्रेकिङ स्टोरी

घनश्याम भुसालको क्षेत्रमा जनमत पार्टीको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ : रुपन्देही १ मा जनमत पार्टीले प्रारम्भिक मतपरिणाममा अग्रता लिएको छ । यो क्षेत्रमा सबैभन्दा बढी चर्चित घनश्याम भुसाल छन् । जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर सत्ता गठबन्धनको समर्थन पाएका थिए ।

तर प्रारम्भिक मतपरिणाममा उनी पछि परेका छन् । रुपन्देही १ मा जनमत पार्टीका कैलाश गुरुङले ८७ भोट ल्याउँदा नागरिक उन्मुक्त पार्टीले ७४ भोट ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार रहेका घनश्याम भुसालले ४६ भोट ल्याउँदा एमालेका छविलाल विश्वकर्माले ४४ मत ल्याएका छन् ।