ब्रेकिङ स्टोरी

८ निर्वाचन क्षेत्रमा घण्टी उम्मेद्वारको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ : यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वाले अग्रता बढाएका छन् । प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुँदा विभिन्न ८ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता बढाएका छन् ।

घण्टी चुनाव चिन्हका उम्मेद्वारले काठमाडौँ ६, काठमाडौँ ७, झापा ४, रुपन्देही २, कास्की २, कास्की ३, काठमाडौँ २ र ललितपुर ३ मा स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् ।

काठमाडौँ ६ बाट शिशिर खनालले अग्रता लिएका छन् । काठमाडौँ ७ गणेशकुमार कार्कीले अग्रता लिएका छन् । यस्तै लतिलपुर ३ बाट तोसिमा कार्की, काठमाडौँ २ मा शोविता गौतमले अग्रता लिएकी छन् । रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधव कँडेल र कास्की ३ मा योगराज पौडेलले अग्रता लिएका छन् ।

यो अग्रता कायम रहेमा स्वतन्त्र पार्टीले चुनाव जित्ने सम्भावना बढ्नेछ ।