ब्रेकिङ स्टोरी

क्रसमत विवादले महोत्तरीमा मतगणना स्थगित

By खबरहब

November 21, 2022

महोत्तरी– महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना स्थगित भएको हो । भुलबस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यसलाई बदर नै गर्नुपर्ने अडान लिएका छन् ।

अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारुढ दल रहेका छन् । कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने ।

विशेषगरि क्रस मतको विषयमा क्षेत्र नम्बर १ मा विवाद सिर्जना भएको छ । १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् ।