राजनीति

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ– काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले उछिनेका छन । पछिल्लो मतपरिणाम अनुसार मिश्रले ३०५८ मतसहित सिंहलाई उछिनेका हुन ।

कांग्रेसका सिंहले २८७३ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १७३० मत प्राप्त गरेका छन ।

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्कर बमले १३६५ मत प्राप्त गरेका छन ।