फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रचण्ड र माधव नेपालभन्दा रवि ‘पार्टी’को अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ : प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतपरिणाममा रवि लामिछानेको पार्टीले माओवादी र नेकपा एकिकृत समाजवादी पार्टीलाई पनि पछाडि पारेको छ ।

पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी र समाजवादीलाई पछाडि पार्दै ८ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म घण्टी चुनाव चिन्ह बोकेको स्वतन्त्र पार्टीले ८ वटा ठाउँमा अग्रता लिएको छ भने माओवादी ३ र समाजवादी ४ ठाउँमा अगाडि छन् ।

यी दुई पार्टीको पकड क्षेत्र ग्रामीण क्षेत्र हो भने रविको पार्टीको पकड सहरी क्षेत्र हो । अहिले सहरी क्षेत्रको मतगणना चलिरहदा रविको पार्टीले अग्रता लिएको छ ।

समग्रमा ३२ क्षेत्रमा कांग्रेसको अग्रता छ भने १७ ठाउँमा एमालेले अग्रता लिएको । गठबन्धन गरेको कांग्रेसले पहिलो स्थानमा रहेर अग्रता बढाइरहेको छ ।