राजनीति

उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्कालाई अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ- उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन् । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकप् मञ्जु कुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहेकी छिन् ।

त्यसैगरी तेस्रो स्थानमा रहेका राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मत प्राप्त गरेका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् ।

उदयपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा ७६ हजार सात सय ५६ मत खसेको छ । जिल्लाको क्षेत्र नं २ मा पनि मतगणना सुरु भएको छ ।