ब्रेकिङ स्टोरी

डडेल्धुरामा देउवाको अग्रता कायमै

By खबरहब

November 21, 2022

काठमाडौँ- डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार देउवाले ९४९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२५ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ४२२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।