राजनीति

गुल्मी– २ मा गोकर्ण विष्टलाई अग्रता

By खबरहब

November 21, 2022

गुल्मी – गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । एक हजार चार सय १९ मतगणना गर्दा विष्टले ६७२ मत सहित अग्रता कायम राखेका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६०२ मत प्राप्त गर्दै विष्टलाई पछ्याइरहेकी छिन् ।

हालसम्म सुईले २५, हलोले १६, तिरले ११, लौरोले ७ मत प्राप्त गरेका छन् भने ७४ मत बदर भएको छ ।