ब्रेकिङ स्टोरी

काठमाडौं २ मा सोबिता गौतम दोब्बर मतले अगाडि

By खबरहब

November 21, 2022

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी दोब्बर मतले अगाडी देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार सोबिता गौतमले ८०८ मत प्राप्त गरेकी छिन् ।

उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल ३६६ मत ल्याएकी छिन् ।