समाचार

मनाङको प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ जित

By खबरहब

November 21, 2022

मनाङ– गण्डकीको प्रदेशसभाअन्तर्गत मनाङ ‘क’मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। २ हजार २१० मत खसेकोमा मुनिन्द्रले १ हजार ३५५ लिएर उक्त क्षेत्रमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजनले ९२५ मत प्राप्त गरे। ६ मत बदर भएको छ।

मनाङको ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङ्गे निर्विरोध भइसकेका छन्। यो जितसँगै नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ सिटमा विजय हासिल गरेको छ।