खेलकुद

फिफा विश्वकप : इङ्गल्यान्डको विजयी सुरुवात

By खबरहब

November 21, 2022

काठमाडौं । फिफा विश्वकप फुटबलमा इङ्गल्यान्डले विजयी सुरुवात गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२ गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डका लागि बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एकरएक गोल गरे ।

इरानका मेदी तारेमीले २ गोल फर्काए । जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अंक जोडेको छ ।

आज ९ः४५ बजे हुने खेलमा समूह ए का नेदरल्यान्ड्स र सेनेगल भिड्दैछन् भने, राती १२ः४५ बजे हुने खेलमा समूह बी कै अमेरीका र वेल्स प्रतिस्पर्धा गर्दैछन् ।