राजनीति

झापा १ मा विश्व प्रकाशले अग्रता बढाउँदै

By खबरहब

November 21, 2022

झापा — झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फराकिलो अग्रता कायम राखेका छन् । उनी विपक्षी उम्मेदवार भन्दा १ हजार ६०२ मतले अगाडी छन् ।

७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए । प्रदेशसभा १ मा पनि पनि सत्ता गठबन्धनका गोपाल तामाङ एमालेका रविन कोईराला भन्दा झिनो मतान्तरले अगाडि छन् ।