राजनीति

तनहुँ – १ मा रामचन्द्र पौडेलको अग्रता कायमै

By खबरहब

November 21, 2022

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् । भने तीन सय ८० मतसहित एमालेका एक बहादुर राना दोस्रो स्थानमा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनोद घर्तीले एक सय ५०मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले एक सय ५६ मत र कैंची चुनाव चिन्ह्र लिएर लडेका गोविन्दराज जोशीले एक सय चार ल्याएका छन्।