फाइल फोटो

राजनीति

बाग्लुङ –१ मा चित्रबहादुर केसीको अग्रता

By खबरहब

November 21, 2022

बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार केसी १ हजार १७८ मतसहित अग्रता लिएका छन् । भने उनलाई नेकपा एमालेका उम्मेदवार सूर्य पाठक ६९० मतका साथ पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ४१५ मत पाएका छन्।

त्यहाँ अहिलेसम्म बाग्लुङ नगरपालिका–१ र बरेङ गाउँपालिका–१ को मतगणना सम्पन्न भएको छ ।