ब्रेकिङ स्टोरी

काठमाडौँ– १ मा प्रकाशमानको अग्रता, रवीन्द्र दोस्रो स्थानमा

By खबरहब

November 21, 2022

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई पछि पारेका छन् । १७ हजार २०० मत गणना हुँदा सिंहले चार हजार ८२८ मत पाएका छन् ।

राप्रपाका रवीन्द्र मिश्रले चारहजार ७९५ मत प्राप्त गरेका छन् । भने एमालेका किरण पौडेलले दुईहजार ८२२, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले दुईहजार ४०३ र सुशासन पार्टीका रमेश खरेलले एकहजार ९६२ मत प्राप्त गरेका छन् ।