खेलकुद

विश्वकप फुटबल : सेनेगलविरुद्ध नेदल्याण्डसको सानदार जित

By खबरहब

November 21, 2022

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ । दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति भएको समुह ए अन्तरगतको खेलमा सेनेगललाई २– ० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे । खेलको ८४ औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाएका थिए ।यस जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।