ब्रेकिङ स्टोरी

शक्ति बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

By खबरहब

December 21, 2022

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। शक्ति बाँडफाँडको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो। बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन।

कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन्।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ।