समाचार

धोबीखोला करिडोरका अवैध संरचनामाथि चल्यो डोजर 

By खबरहब

December 21, 2022

काठमाडौं– काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर  चलाएको हो । 

सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले जनाएको छ ।

महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर चलाएको समेत महानगरले बताएको छ ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।