फाइल फोटो

समाचार

नगरपालिका संघको उपमहासचिवमा उपमेयर डंगोल

By खबरहब

December 21, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल  नगरपालिका संघको उपमहासचिव चयन भएकी छन् । बुधबार राजधानीमा सम्पन्न अधिवेशनबाट उनी उपमहासचिव चयन भएकी हुन् । 

यस्तै संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् । 

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।