तस्विर- बीबीसी

ब्रेकिङ स्टोरी

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

By खबरहब

December 21, 2022

काठमाडौँ– सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दाका अभियुक्त चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो।

सर्वोच्चले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन समेत आदेश दिएको छ।  शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए ।

त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।