अन्तर्राष्ट्रिय

चीनद्वारा अफगानिस्तानमा खाद्यान्न सहयोग

By खबरहब

December 21, 2022

एजेन्सी – चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ । मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् ।

प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ । अनाथ एवम् अपाङ्गता भएकालाई प्राथमिकताका साथ सहायता सामग्री वितरण गरिएको उनले बताए । उनले मानवीय सहायता पठाएकामा चीनलाईप्रति आभार व्यक्त गरेका छन् ।

निमरोज प्रान्तका विपन्न परिवारलाई चीनले सहयोग गरेको यो हप्तामा दोस्रो पटक हो । निमरोज प्रान्तको राजधानी जरन्ज सहरमा गत आइतबार चार सय विपन्न परिवारलाई चिनियाँ मानवीय सहायता सामग्री प्रदान गरिएको थियो ।