समाचार

माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राजेन्द्र लिङ्देन

By खबरहब

December 21, 2022

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेटेर स्वास्थ्यवस्था बुझेका छन् । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्यवस्था बुझेका थिए ।