फाइल तस्वीर

समाचार

ओभरलोड बोक्ने ९७ टिप्परलाई कारबाही

By खबरहब

January 22, 2022

हेटौँडा – मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गमा गरेको प्रहरी चेकमा ओभरलोड बोक्ने टिपरलाई कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्ग र हेटौँडा–१ स्थित तिर्तिरेधारा क्षेत्रमा प्रहरीको टोली चेकजाँच गरेको थियो ।