तस्बिर सौजन्य रमेश मल्ल

राजनीति

पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल

By खबरहब

January 22, 2022

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ। पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बैठकमा प्रचण्डसँगै पार्टी केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्य उपस्थित रहेका छन्। प्रचण्डले बैठकमा केन्द्रीय आयोगका अध्यक्ष र स्थायी समिति सदस्यसँग परामर्श गर्ने मल्ले बताए।

बैठकमा राष्ट्रियसभा तथा तीन तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल हुनेछ।

बालुवाटारमा बोलाइएको भनिएको सर्वदलीय बैठक स्थगित भएपछि माओवादी बैठक सुरु भएको हो। प्रधानमन्त्री देउवाको सचिवालयले सर्वदलीय बैठक बोलाएको भने पनि प्रचण्डका स्वीकय सचिव मल्ले त्यो विषयमा जानकारी प्राप्त नभएको बताए।

‘बालुवाटार बैठकको विषयमा हामीलाई जानकारी छैन’, मल्लले भने, ‘मिडियामा कसरी आयो हामीलाई थाहा भएन।’