सांकेतिक तस्बिर

समाचार

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते

By खबरहब

January 22, 2022

सिन्धुपालचोक – सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।

गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।