समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 22, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २८७० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १४६ ११–२० वर्ष –४३३ २१–३० वर्ष – २८७० ३१–४० वर्ष – २२४४ ४१–५० वर्ष – ११७१ ५१–६० वर्ष – ७४५ ६१–७० वर्ष –३७१ ७१–८० वर्ष – १५१ ८० वर्षभन्दा माथि– ५९ अज्ञात– २२