सांकेतिक तस्बिर

समाचार

२४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 22, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २१० कोरोना संक्रमितको आईसीयूमा र ३७ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३५ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ९ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १२७ जना आईसीयूमा र २९ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।