फाइल तस्बिर

राजनीति

विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

By खबरहब

January 22, 2022

काठमाडौँ– निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ ।

गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो ।

यस्तै झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ । यो पत्र आयोगले पठाएपनि वर्तमान नेतृत्व मौन बसेको भन्दै पूर्व अध्यक्ष कमल थापाले आक्रोश पोखेका छन् ।

उनले आयोगको यो निर्देशन अस्वीकार्य रहेको भन्दै विगतको यस्तै निर्णय आफूहरुले संघर्षबाट उल्ट्याएको स्मरण गरेका छन् ।

उनले माघ २ गतेको पत्र राजेन्द्र लिंदेनले किन लुकाएर राखेको भन्दै प्रश्न समेत गरेका छन् ।