समाचार

२ करोडमा बन्यो धारापानी प्रहरी चौकी भवन

By खबरहब

February 22, 2022

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका३ मा प्रहरी चौकी भवन निर्माण भएको छ ।

करिब २ करोडमा निर्मित प्रहरी भवनको एक ओैपचारिक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएको थियो ।