समाचार

जिका, चिकनगुनिया र डेङ्गुको पीसीआर परीक्षण सुरु

By खबरहब

February 22, 2022

काठमाडौं–राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सेवा समेत सुरु गरेको छ । यसअघि त्यहाँ कोभिड १९ को पीसीआर परीक्षण हुँदै आएको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण सुरु गरिएको भन्दै तत्कालका लागि ती सबै परीक्षण निशुल्क रहेको बताएकी छन् ।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ । यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन् ।