क्रिकेट

यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

By खबरहब

February 22, 2022

काठमाडौं– आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेल जिते नेपाल दोस्रो पटक टी–२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचोटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन् ।