राजनीति

एमाले महोत्तरीको जिल्ला अधिवेशन स्थगित

By खबरहब

February 22, 2022

काठमाडौँ– नेकपा एमालेको महोत्तरी अधिवेशन स्थगित भएको छ ।

फागुन ११ र १२ मा गर्ने भनिएको अधिवेशन स्थगित भएको हो । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक–पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुनः गृहकार्य गछौँ,’ केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भने ।

यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागिपरेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।