सांकेतिक तस्बिर

समाचार

म्याग्दीमा रूखबाट खसेर एकको मृत्यु

By खबरहब

February 22, 2022

म्याग्दी – बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।