मुख्य समाचार

आफ्नैले साथ छाडेपछि देउवा थप सक्रिय, ओलीसँग भेटवार्ता

By खबरहब

February 22, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ ।

मंगलबार देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् ।

एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका छन् ।

यसअघिको भेटमा ओलीले आफूले अन्य दलसँग गठबन्धन पनि नगर्ने र सरकार पनि नढाल्ने भनेर देउवालाई विश्वस्त तुल्याएका थिए ।