फाइल फोटो

मुख्य समाचार

वामदेवले अमेरिकालाई भने– ‘एमसीसी फिर्ता लिएर सम्बन्ध अझ् प्रगाढ बनाउनुस्’

By खबरहब

February 22, 2022

काठमाडौँ– पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका नेता गौतमले एससीसी सम्झौता फिर्ता लिएर नेपाल र अमेरिकाबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने कार्यमा सहयोग गर्न अमेरिकालाई आग्रह गरेका हुन् ।

जनस्तरमा विरोध भइरहँदासमेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको पनि बताएका छन् ।

मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले, ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत् अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु’, गौतमले भनेका छन, ‘यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’