अपराध

सिरहामा तीन किलो चाँदीसहित दुई जना पक्राउ

By खबरहब

February 22, 2022

सिरहा– सिरहाको लहानबाट तीन किलोग्राम चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले लहान नगरपालिका–७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर–१२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन रायलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट तीन किलोग्राम ५२ ग्राम चाँदीको गहना, नगद २० हजार भारतीय रुपैयाँ र ५ सय १० नेपाली रुपैयाँ बरामद् गरिएको छ ।

दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वार्टर सिरहाका सूचना अधिकारी डीएसपी विनोद थापाले जानकारी दिए ।

उनीहरूले सप्तरीको नाका हुँदै लहान बजारमा गहना लिएर आइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।