समाचार

ओली र अमेरिकी राजदूतबीच भेट

By खबरहब

February 22, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

ओलीनिकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि त्यसबारेमा छलफल गर्न बेरी बालकोट पुगेका थिए ।

बेरीसँगको भेटपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पाश गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरूको प्रवेशका लागि माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।