समाचार

पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार घटनाको छानबिन गर्दै गृह मन्त्रालय

By खबरहब

February 22, 2022

काठमाडौँ– सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको गाडीमा ढुंगा प्रहार भएको घटनाको छानबिन भइरहेको जनाएको छ ।

आइतबार एमसीसीविरुद्ध भएको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुंगा प्रहार भएको थियो ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ढुंगा प्रहार घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेको जनाएको छ ।

मन्त्रालयले हिंसात्मक कार्यको भत्र्सना पनि गरेको छ । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरता पूर्वक निगरानी गरिरहेको विज्ञप्तिमा भनिएको छ ।