समाचार

कोरोनाविरुद्ध खोपको पहुँच बढाउनुपर्छः अध्यक्ष तिमिल्सिना

By खबरहब

February 22, 2022

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलको अवस्थामा कोरोनाविरुद्धको खोपको पहुँच बढाउनुपर्ने बताएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सर्वसाधारणको पहुँच हुने गरी कोरोनाविरुद्धको खोप अभियान चलाउनुपर्ने बताएका हुन् ।

मधेश र कर्णालीमा खोप लगाउनेको संख्या न्यून देखिएकाले यी क्षेत्रमा विशेष अभियान सञ्चालन गर्न पनि उनले सरकारलाई सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।