समाचार

यौनिक तथा लैङ्गिक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने

By खबरहब

February 22, 2022

काठमाडौँ– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएकी छन् ।

मंगलबार मन्त्रालयले गरेको कार्यक्रममा मन्त्री रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएकी हुन् ।

उनले आफ्नो पहिचानसहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री रेग्मीले संगठित भएर आवाज बुलन्द पार्न यौनिक तथा लैङ्गिक समुदायसँग आग्रहसमेत गरिन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले राज्यले आफूहरूका समस्याप्रति गम्भीर हुन नसकेको गुनासो गरेका थिए ।