अन्तर्राष्ट्रिय

जो परिवारले देख्न नपाउँदै माटोमा मिले…

By मनोज घिमिरे

March 22, 2022

डिमिट्री कोटेन्कोलाई जमिनमा गाँड्दै गर्दा उनको परिवार त्यहाँ थिएन। उनलाई गोली लागेर ढल्दा उनको परिवारले त्यो आवाज सुनेको थिएन। काठको बाकसलाई रिबन बाँधिएको समयमा पनि एउटा आवाज निस्किएको थियो। त्यो आवाज पनि उनका परिवारका कसैले सुनेनन्। उनलाई कफिनमा राखेर खाडलमा पुरिएको पनि उनीहरूले देखेनन्र। परिवारका सदस्यले उनको शरीरमा पुष्प गुच्छा पनि चढाएनन्।

काठको बाकसलाई रिबन बाँधिएको समयमा पनि एउटा आवाज निस्किएको थियो। त्यो आवाज पनि उनका परिवारका कसैले सुनेनन्।

उनको शव लवीवको लेचाकिभ चिहानमा गाडियो दिनसमेत परिवारलाई थाहा भएन। त्यो कुरा सायद उनका आमा बाबुले धेरै पछि मात्र थाहा पाउनेछन्। तिनीहरू कोटेन्कोका दुई भाइसँग पूर्वी सहर सुमीमा छन्। यतिबेला जुन स्थान रुसी सेनाले युद्धको सुरुवाती दिनमा आक्रमण गर्दा सञ्चारबाट छुटेको थियो।

रुसी आक्रमणको तेस्रो दिन २६ फेब्रुअरीका दिन दक्षिणी सहर खेर्सनमा उनीहरूका छोरा मरेको कुरा पनि कोटेन्कोको अभिभावकले तत्काल थाहा पाएनन्। उनी २१ वर्षका मात्र थिए। मारिएको दुई दिनपछि कोटेन्कोको बाल्यकालकै सखा भाड्यम यारोभेन्कोको फोन कलबाट अभिभावकले यो समाचार सुनेका थिए।

उनी २१ वर्षका मात्र थिए। मारिएको दुई दिनपछि कोटेन्कोको बाल्यकालकै सखा भाड्यम यारोभेन्कोको फोन कलबाट अभिभावकले यो समाचार सुनेका थिए।

आमा बाबुलाई यो खबर गर्न मात्रै पनि यारोभेन्कोले बेचैनीका साथ लवीवमा रात कटाएका थिए। १५ वर्षको उमेरमा यी दुईको भेट भएको थियो। भर्खर कपाल काटेर नयाँ स्कुले ड्रेस लगाएर उनीहरू मिलिटरी स्कुलमा पुगेका थिए। सँगैको गाउँबाट आएको थाहा पाएपछि उनीहरूको मित्रता गाढा बनेको थियो। त्यो मित्रता युद्ध सुरुहुँदासम्म कायम थियो।

कोटेन्कोका बाबु किसान हुन्। उनकी आमा स्थानीय फर्ममा काम गर्छिन्।‘सेनामा आबद्ध हुनु भनेको बाहिरी दुनियाँमा आउनु हो,’ यारोभेन्कोले भने, ‘मलाई डिमिट्री यसै कारण सैनिक भएको जस्तो लाग्छ।’

आफ्नो भूमि जोगाउनका लागि जे पनि गर्नुपर्छ भन्ने सोच भएपछि ती दुवै युवा सेनामा आबद्ध भएका हुन्।

रुसी भाषा बोल्ने रुसी सीमा नजिकै पूर्वी युक्रेनको एउटा गरिब परिवारमा कोटेन्कोको जन्म भएको हो। रुसी नेता भ्लाडिमिर पुटिनले युक्रेनी दबाबबाट मुक्त दिलाउने भनेर भनिएका धेरैजना त्यही क्षेत्रका हुन्।

कसरी बने सैनिक सन् २०१४ मा क्रेमियामा भएको रुसी आक्रमण तथा त्यसपछि पूर्वी युक्रेनको डोनाबासमा भएको झडपका कारण उनीहरूलाई सैनिक बन्न मन लागेको थियो। आफ्नो भूमि जोगाउनका लागि जे पनि गर्नुपर्छ भन्ने सोच भएपछि ती दुवै युवा सेनामा आबद्ध भएका हुन्।

‘कुनै पनि घटनाको सम्भावनालाई स्वीकारेर हामी सेनामा आबद्ध भएका हौँ’, यारोभेन्को भन्छन्। जब गाउनका मान्छेले युद्धको समयमा सेना हुन किन गएको भनेर सोधेमा उनीहरु भन्थे ‘हामी नगए को जाने त ?’

यारोभेन्कोले कोटेन्कोलाई भेट्दा आफ्नै दाजु भाइ पाए जस्तो गर्थे। यी दुवै क्लब, पार्टी तथा अन्य हल्का मनोरञ्जनका क्षेत्रमा भन्दा बढी प्राकृतिक कुरामा रमाउने गर्थे। साथीहरू मिलेर खोलामा जान असाध्यै रमाउँथे।

वर्षको पहिलो दिन यी दुई युवा फेरि छुट्टिएका थिए। एक आपसलाई नियमित सन्देश पठाउँथे। २६ फेब्रुअरीका दिन कोटेन्कोले सन्देश पठाएनन्।

पुराना मोटरसाइकलमा गाउँ घुम्ने गरेका उनीहरूले यस क्रममा एक अर्काका परिवारलाई पनि राम्रोसँग चिनेका थिए। यारोभेन्कोकै अनुसार कोटेन्को आफ्ना अभिभावकको कुनै पनि काममा सघाउँथे। विद्यालयमा पनि सबै साथीहरूलाई सहयोग गर्न रुचाउने खालका थिए, कोटेन्को। उनीहरुले एकेडेमीमै दुई वर्ष बिताएपछि उनीहरू छुट्टिएका थिए।

यारोभेन्को आफ्नो रुची अनुसार आर्टीलरी प्रशिक्षणका लागि पश्चिमी युक्रेन पुगे। कोटेन्को प्याराट्रुपउपर सिक्न दक्षिणी सहर ओडिषा पुगे। यसपछि यी दुई युवा नियमित सम्पर्कमा भने रहने गरेका थिए।

गत वर्षको जुलाईदेखि अक्टोबर कोटेन्को लवीवमा सरुवा भएपछि यी दुई फेरि एकै ठाउँमा आइपुगेका थिए। यी दुई रमाइरहेकै समयमा ३१ डिसेम्बरका दिनमा यिनका परिवार मिलेर नयाँ वर्षसँगै बसेर मनाएका थिए।

अपरेसनकै लागि दक्षिण तीर जानु अगाडि कोटेन्को यारोभेन्कोलाई भेटेन लवीव पुगेका थिए। त्यो समयमा रुसी सीमानामा कुनै पनि समय आक्रमण हुनसक्ने भन्ने चिन्ता बढी रहेकै थियो। तर, लवीवको अवस्था सामान्य थियो।

कोटेन्कोको युनिटका कमान्डरसँग उनको फोनमा कुरा हुन पायो। तीनै कमान्डरले मोरटार सेलले उनको साथीको ज्यान लिएको खबर सुनाए। ‘मलाई सबै विवरण थाहा छैन। यत्ति थाहा छ, त्यहाँ विस्फोट भएको थियो र डिमिट्री त्यहीँ मरेको थियो,’ यारोभेन्कोले भने।

वर्षको पहिलो दिन यी दुई युवा फेरि छुट्टिएका थिए। एक आपसलाई नियमित सन्देश पठाउँथे। २६ फेब्रुअरीका दिन कोटेन्कोले सन्देश पठाएनन्। यसपछि नै यारोभेन्कोलाई उसको चिन्ता लाग्न थालेको थियो। कोटेन्कोको युनिटका कमान्डरसँग उनको फोनमा कुरा हुन पायो। तीनै कमान्डरले मोरटार सेलले उनको साथीको ज्यान लिएको खबर सुनाए। ‘मलाई सबै विवरण थाहा छैन। यत्ति थाहा छ, त्यहाँ विस्फोट भएको थियो र डिमिट्री त्यहीँ मरेको थियो,’ यारोभेन्कोले भने।

त्यो समयसम्ममा फोन सम्पर्क गर्न सम्भव थियो। यारोभेन्कोले कोटेन्कोका आमा-बाबुलाई छोराको मृत्यु बारे खबर गरे। अन्त्येष्टिको बारे पनि खबर गर्न खोजेका थिए। तर, त्यो समयसम्मका पूर्वी युक्रेनका सबै सञ्चार सेवा अवरुद्ध थिए। यसपछि लवीव ल्याएर कोटेन्कोको अन्त्येष्टि गरियो। किनकी त्यो सहरमा विस्फोटको जोखिम थिएन।

यारोभेन्को सेन्टर पिटर र पाउल ग्यारिसन चर्चको छेवैमा रहेको समाधि स्थलमा एक्लै टोलाएर पादरीले धार्मिक संस्कार पुरा गर्दै उनका साथीलाई अन्तिम बिदा गरेको दृश्य हेरिरहे।उनी उभिएको ठाउँसँगै युद्धमा मारिएका युक्रेनीको तस्बिर अङ्कित बोर्ड झुन्ड्याइएको थियो।

कफिनमा बोकेर मृतक काटेन्कोलाई समाधितर्फ अगाडि बढाउदै युक्रेनी सैनिक । तस्बिरः बिबिसीसन् २०१४ मा युद्धमा मारिएका चापलीनहरुको सम्मानमा पहिलो पटक त्यहाँ तस्बिर राखिएको थियो। त्यही तस्बिर चापलीनको अभिभावककहाँ पठाउने र मृत आफन्तको आत्मको चिर शान्तिको कामना गर्ने गरेका छन्।

‘हामीलाई यस कारण तस्बिर उपलब्ध गराइएको हो कि हामी हरेक दिन मृतको शान्तिको लागि प्रार्थना गर्न सकौँ’, एक चापलीनका अभिभावक सेभेलोड भन्छन’, आर्मी महिला तथा पुरुषको सम्मान गर्ने एउटा अभियानको हामी एउटा अङ्ग हौं। यस कारण उनीहरूको बहादुरी र कर्म कहिल्यै भुलिने छैन।

युद्ध भन्दा अगाडि एक या दुई महिनाको अन्तरमा शव आइ पुग्थ्यो। जब युद्ध सुरु भयो, त्यहाँ दैनिक दुई या तीनको दरमा अन्त्येष्टि हुने गरेको छ। अहिले सबैको फोटो राखिएको छैन। कोटेन्कोको पनि राखिएको छैन। कोटेन्कोको अन्त्येष्टि नसकिँदै अन्य दुई शव पनि त्यहाँ ल्याइएका थिए। दुवै शव सानो सेनाको जत्थाले त्यहाँ ल्याएको हो।

युद्ध भन्दा अगाडि एक या दुई महिनाको अन्तरमा शव आइ पुग्थ्यो। जब युद्ध सुरु भयो, त्यहाँ दैनिक दुई या तीनको दरमा अन्त्येष्टि हुने गरेको छ। अहिले सबैको फोटो राखिएको छैन।

कोटेन्कोसँगै २५ वर्षीय अर्का प्याराट्रुपउपर किरिलो भोलोड्रोमोभिचको समाधि छ। पहिलो र दोस्रो विश्व युद्धमा मारिनेहरू भन्दा अलि परको स्थानमा उनीहरूको समाधि भएको हो। त्योसँगै रुसको सहयोगमा युद्ध गर्ने डोनबासका मृतहरूको समाधि पनि त्यही भएको छ।

कोटेन्को र भोलोड्रोमोभिच अहिलेको युद्धको क्रममा मारिएर त्यहाँ लगिएका चौथो र पाँचौँ व्यक्ति हुन्। उनीहरूलाई त्यहीका सेनाले पुष्प गुच्छा चढाएका छन्। त्यसको एक दिनपछि त्यसै चिहान घरमा युद्धमा मारिएका दुई शव ल्याइयो भने त्यसको भोलिपल्ट तीन शव ल्याइएको छ।

लवीवको समाधिस्थल । तस्बिरः एपी

यारोभेन्को अझै पनि कोटेन्कोको अभिभावकसँग सम्पर्क गर्न चाहन्छन्। यस युद्धले उनीहरूको सबैभन्दा प्रिय व्यक्तिलाई लिएर गएको छ। त्यसपछि लगिएका अन्य हरेक कुरा त उनीहरूका लागि सामान्य हो।

यारोभेन्को अझै पनि कोटेन्कोको अभिभावकसँग सम्पर्क गर्न चाहन्छन्। यस युद्धले उनीहरूको सबैभन्दा प्रिय व्यक्तिलाई लिएर गएको छ। त्यसपछि लगिएका अन्य हरेक कुरा त उनीहरूका लागि सामान्य हो।

कोटेन्कोलाई राखिएको बाकस पुरिएको दृश्यलाई यारोभेन्कोले एउटा कुनामा बसेर हेरिरहेका थिए। सम्मान स्वरूप उनलाई सलामी दिइयो। त्यो सलामी दिनेमा यारोभेन्को पनि रहे। उनका लागि यो जीवनकै सबैभन्दा दुखद क्षण हो। ‘मेरो साथी आफ्नै घर भन्दा धेरै पर समाधि स्थलमा देखेको क्षण सबैभन्दा हृदय विदारक हो’, यारोभेन्कोले भने।

रुस र युक्रेन युद्धको तेस्रो सातामा छ। यो युद्ध कत्ति जाने थाहा छैन। युद्धका हरेक दुःख र पीडाको घटनासँगै यारोभेन्काले साथी गुमाएको यो दृश्य र उनको पीडा हृदय विदारक हो। यो सञ्चार माध्यममा आएको छ। यस्ता धेरै हृदय विदारक कथा त्यस युद्धमा लेखिएका छन्। यस कारण युद्ध कुनै पनि कुराको विकल्प हुन सक्दैन। एजेन्सीको सहयोगमा