सांकेतिक तस्बिर

अपराध

रौतहटमा २२ वर्षीया महिला बलात्कृत भएको भन्दै उजुरी, आरोपित फरार

By खबरहब

March 22, 2022

रौतहट – रौतहटमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित महिलाको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।

पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ । दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडितले गुहार मागेर होहल्ला गरेपछि पटेल फरार भएका थिए ।